बागमती प्रदेश प्रमुखको उधौली पर्व र बुद्ध जयन्तीका अवसरमा शुभकामना

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज परेको उधौली पर्व तथा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। किराँत समुदायको प्रमुख सांस्कृतिक पर्व उधौलीका अवसरमा देवकोटाले विशेष गरी सुनुवार, राई, लिम्बु र याक्खा जातिलाई लक्षित गर्दै प्रकृतिपूजाको परम्परा, पुर्खाप्रतिको श्रद्धा तथा सामाजिक एकता प्रवर्द्धन गर्ने चाडको रूपमा उल्लेख गर्नुभएको छ। उहाँले कृषिजन्य उत्पादन राम्रो होस् र विपद् नआउन् भन्ने कामनासहित पर्वको महत्व स्मरण गराउनुभयो।

-------------- बिज्ञापन ---------------

त्यस्तै, बुद्ध जयन्तीका अवसरमा प्रदेश प्रमुख देवकोटाले भगवान गौतम बुद्धको जीवन, शिक्षालगायत शान्ति, करुणा र समताको सन्देश मानव जगतका लागि मार्गदर्शक भएको उल्लेख गर्नुभयो। उहाँले अशान्त विश्व सन्दर्भमा बुद्धमार्गको आवश्यकता झनै महत्वपूर्ण भएको उल्लेख गर्दै सबैलाई सभ्य, समावेशी र सहिष्णु समाज निर्माणमा लाग्न आह्वान गर्नुभयो।

प्रदेश प्रमुख देवकोटाले मौलिक चाडपर्व र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने