नेपालले यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आइतबार श्रीलंकालाई ५–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। यो जितसँगै नेपाल समूह ‘बी’ बाट अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
-------------- बिज्ञापन ---------------
नेपालसँगै भारत पनि समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ। दुवै टोलीले एक–एक खेल जितेर समान तीन–तीन अंक बनाएका छन्। अब यी दुई टोलीबीच समूह विजेताका लागि भिड्ने छन ।
दोस्रो खेलमा पनि हार बेहोरेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालको तर्फबाट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीले पाँच गोल गर्दै क्लिन सिट राख्न सफल भयो। युवा खेलाडीहरूको आक्रमण र रक्षात्मक समन्वयले नेपाललाई एकतर्फी जित दिलाउन मद्दत पुर्यायो।
अब नेपाल र भारतबीचको भिडन्त समूह ‘बी’ को शीर्ष स्थानका लागि हुनेछ।