देशका पहाडी केही ठाउँमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
-------------- बिज्ञापन ---------------
काठमाण्डौमा पनि दिउँसोपछि मेघगर्जनसहित छिटपुट पानी पर्न सक्ने अनुमान गरिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
हिजो गुल्मी, स्याङ्जा, काभ्रेलगायतका जिल्लामा ठूलो पानी परेको थियो । काठमाण्डौ उपत्यकामा आज बिहानपख छिटपुट पानी परेको थियो ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।