[t4b-ticker]

विश्व पौडेल राष्ट्र बैंकको गभर्नर बन्ने, ओली–देउवा बीच सहमति

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गर्ने सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेको हो ।

-------------- बिज्ञापन ---------------

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गभर्नर पदमा पौडेलको नाममा सहमति बनेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार गभर्नर कुन पार्टीले पाउने भन्ने विषयमा विवाद थिएन, तर कांग्रेसभित्रै फरक–फरक नामहरु आएका थिए। अन्ततः पौडेलको नाममा सहमति जुटेको हो।

प्रधानमन्त्री निकट स्रोतले भने, “गभर्नर कुन पार्टीले पाउने भन्नेमा समस्या थिएन। कांग्रेसले पाउने सहमति भए पनि फरक–फरक नाम आएको थियो। सम्भवतः आजै गभर्नर नियुक्ति हुन्छ।”

नयाँ गभर्नर नियुक्तिका लागि मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। त्यसअघि सिफारिस समिति बैठक बसेर औपचारिक सिफारिस गर्ने तयारी गरिएको छ।

डा. पौडेल यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् र उनी आर्थिक नीतिगत क्षेत्रमा अनुभवसम्पन्न व्यक्तित्वका रूपमा चिनिन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु