नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले डा. विश्वनाथ पौडेल लाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त गरेको छ। डेढ महिनादेखि रिक्त रहेको गभर्नरको पदमा अब डा. पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन्।
-------------- बिज्ञापन ---------------
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै डा. पौडेल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त भएको जानकारी दिनुभयो।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मामा सिफारिश गरेको थियो। सिफारिशमा डा. विश्वनाथ पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराई परेका थिए। तीमध्ये डा. पौडेललाई सरकारले गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय लिएको हो।
यसअघि आजै सर्वोच्च अदालतले डा। पौडेललाई गभर्नर बन्नबाट रोक्ने आदेशलाई सदर गर्दै उहाँका पक्षमा निर्णय गरेको थियो। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यसअघिको रिट दरपीठ गर्दै उहाँको गभर्नर बन्ने बाटो खुला गरिदिएको हो।
डा. विश्वनाथ पौडेल एक ख्यातिप्राप्त अर्थशास्त्री तथा पूर्वराष्ट्रीय योजना आयोगका उपाध्यक्षसमेत रहनुभई काम गरिसक्नुभएको छ ।