हेटौंडामा जमिन भासिँदा बेपत्ता भएको बोलेरो १९ दिनपछि पाठपुर्र्जा फेला

हेटौंडा उपमहानगरपालिका–६ स्थित गैरीगाउँमा वैशाख ३ गते जमिन भासिँदा बेपत्ता भएको बोलेरो गाडीको पाठपुर्जा १९ दिनपछि स्थानीयको सक्रियतामा फेला परेको छ। काठमाडौँबाट खटिएको भूगर्भविद टोली निष्कर्षविहीन फर्किएपछि स्थानीयवासीको पहलमा उत्खनन गरिएको हो। स्थानीयवासीले एक्साभेटर र क्रेनको प्रयोग गरी मंगलबार दिउँसो गाडीका पाठपुर्जा निकालेका हुन्।

-------------- बिज्ञापन ---------------

गाडी गैरीगाउँबाट चुचेखोलातर्फ जाँदै गर्दा अचानक जमिन भासिएर बेपत्ता भएको थियो। चालक हरेराम राई भने गाडी भासिनुअघि नै निस्कन सफल भएका थिए। उनका अनुसार घटना हुने बेलामा करिब पाँच सेकेन्डभित्र गाडी जमिनमा पसेको बताए।

घटनापछि केन्द्रीय भूगर्भ विभागबाट खटिएको पाँच सदस्यीय टोलीले अध्ययन गरे फर्किएको छ सो स्थान सुरक्षित नभएको भन्दै उत्खनन नगरी खाली हात फर्किएको हो । प्रारम्भिक अध्ययनमा भूगर्भमा चुम्बकीय प्रभाव देखिएको, जमिन कमजोर रहेको, र गाडी खाल्टोमै गाडिएको अनुमान गरिएको थियो।

वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाका अनुसार घटनास्थल पहिल्यैदेखि दलदली क्षेत्र रहेको र करिब १० वर्षअघि पनि सोही स्थानमा गोरु भासिएको बताए ।

विशेषज्ञहरूका अनुसार माछापालनका लागि खनिएको बोरिङ र जमिनमुनिको पानीको अत्यधिक दोहनका कारण भूगर्भीय संरचना कमजोर भई जमिन भासिएको हुन सक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने