हेटौँडा । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१ स्थित बजार क्षेत्रका १३ वटा पसलहरुमा अनुगमन गरेको छ । बुधवार भएको उक्त अनुगमन कार्यालयका प्रमुख रामप्रसाद भुषालको नेतृत्वमा हेटौंडा–१ का खाध्य , फलफुल , सुन चाँदी पसल , किराना , तेलमिल आदिको अनुगमन , १३ वटा पसलको अनुगमन गरिएको हो ।
-------------- बिज्ञापन ---------------
अनुगमनका क्रममा म्याद नाघेका सामानहरु फेला परेको र उक्त सामानहरु जफत गरी नष्ट गरिएको प्रमुख भुषालले जानकारी दिए । साथै , अनुगमनका क्रममा केहि पसलका ब्यवसायीहरुले कागजात पेश गर्न नसकिएको हुँदा उक्त ब्यवसायीहरुलाई कागजात सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
प्रमुख भुषालका अनुसार बुधवार गरिएको अनुगमनमा कुनै पनि पसललाई जरिवाना भने नगरिएको बताए । उनका अनुसार , उपभोक्ताबाट उजुरी प्राप्त भएपछि अनुगमन गरिएको हो ।
बजार अनुगमन टोलीमा नोपतौल तथा गुण नियन्त्रण कार्यालय विरगंज , उद्योग , वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय , हेटौंडा उपमहानगरपालिका , उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।