[t4b-ticker]

आइतवारदेखि प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू

नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । गएको शनिवार रातिसम्म २०० मेगावाट बिजुली आयात भइरहेकोमा उत्पादन बढेपछि प्राधिकरणले आइतवारदेखि निर्यात शुरू गरेको हो ।

-------------- बिज्ञापन ---------------

आज प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा प्रयोग भएर बाँकी रहेको बिजुली भारतमा निर्यात गर्न थालेको र हिजो १५० मेगावाट निर्यात गरेको जानकारी गराउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले पनि आइतवारदेखि निर्यात शुरू भएकोमा हिजो १५० मेगावाट निर्यात भएको जानकारी दिनुभयो । माग कम हुने समयमा बढी भएको बिजुली निर्यात गरेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु