भारत–पाकिस्तान युद्धविराम आपसी सहमतिमा नै भएको

भारतीय विदेशमन्त्री एस। जयशंकरले भारत र पाकिस्तानबीच हालैको युद्धविराम आपसी सहमतिका आधारमा भएको स्पष्ट पार्दै यसमा अमेरिकी मध्यस्थताको कुनै निर्णायक भूमिका नरहेको बताएका छन्।

-------------- बिज्ञापन ---------------

नेदरल्यान्ड्सको चर्चित सञ्चार संस्था एनओएससँगको अन्तर्वार्तामा बोल्दै जयशंकरले भने, दुई देशबीच द्वन्द्वको अवस्था हुँदा अन्तर्राष्ट्रिय समुदायबाट चिन्ता व्यक्त हुनु स्वाभाविक हो, तर प्रत्यक्ष वार्ता र निर्णय भारत र पाकिस्तानबीच नै भएको हो।

उनका अनुसार, गोलीबारी रोक्ने र सैन्य तनाव अन्त्य गर्ने निर्णयमा भारत र पाकिस्तानबीचको प्रत्यक्ष संवाद नै मुख्य थियो, ।

जयशंकर डेनमार्कको दुईदिने भ्रमणका क्रममा नेदरल्यान्ड्समा रहेका बेला यो अन्तर्वार्ता दिएका हुन्। हालै भारत–पाकिस्तान सीमामा केही समयदेखि शान्ति देखिएको छ, जसलाई लिएर अमेरिकी सर्कलमा यो प्रक्रिया वाशिङ्टनको कूटनीतिक प्रयासको परिणाम भएको दाबी गरिँदै आएको थियो। तर, भारतीय विदेशमन्त्रीले ती दाबीहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै