[t4b-ticker]

टोकियोमा नेपाल–जापान विदेशमन्त्रीस्तरीय भेट, द्विपक्षीय सहयोग, लगानी र ७० वर्षे सम्बन्धमा विशेष छलफल

परराष्ट्रमन्त्री आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। सामाजिक एकान्ततासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापान भ्रमणमा रहेकी मन्त्री राणाले टोकियोस्थित जापानी विदेश मन्त्रालयमा ताकेसीसँग भेट गरेकी हुन्।

-------------- बिज्ञापन ---------------

भेटवार्तामा नेपाल–जापानबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध, आपसी हित, साझा चासो र भविष्यका सम्भावनाबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री राणाले विगत लामो समयदेखि नेपाललाई गर्दै आएको आर्थिक र सामाजिक क्षेत्रमा सहयोगप्रति जापान सरकार र जनताप्रति धन्यवाद ज्ञापन गरिन्। साथै, सन् २०२६ पछि नेपाल अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नत हुँदै गएको जानकारी दिँदै भविष्यमा पनि जापानको निरन्तर सहयोग रहने आशा व्यक्त गरिन्।
सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका नेपाल र जापानले आगामी वर्ष सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेका छन्। सोही अवसरमा मन्त्री राणाले जापानी समकक्षी ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छिन्।

भेटका क्रममा मन्त्री राणाले जापानी उद्योगी–व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिदिन ताकेसीसँग आग्रह गरिन्। ूनेपाल लगानी प्रतिफलको दृष्टिले अत्यन्त सम्भावनायुक्त गन्तव्य हो, भन्दै उनले वैदेशिक लगानी सुरक्षित र सुनिश्चित हुने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्।

नेपाल–जापान सम्बन्धमा नयाँ ऊर्जा थप्ने गरी सम्पन्न भएको यो भेटवार्तालाई दुवै पक्षले सकारात्मक रूपमा लिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु