बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते, सांसद्हरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह

हेटौँडा— बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यही जेठ १४ गते सार्वजनिक गरिने भएको छ। प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बुधबार बसेको प्रदेश सभा बैठकमा उक्त जानकारी दिएका हुन्।

-------------- बिज्ञापन ---------------

उनका अनुसार, जेठ १४ गते बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सभामुख पाठकले सो अवसरमा सबै प्रदेशसभा सांसदहरूलाई निर्धारित समयभन्दा ३० मिनेट अघिदेखि औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरेका छन्।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि त्यसैका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पारिने जनाइएको छ। प्रदेश सरकारले आगामी वर्षलाई आर्थिक पुनरुत्थान, लगानीमैत्री वातावरण निर्माण, युवा लक्षित रोजगारी सिर्जना तथा आधारभूत सेवामा सुधारका लागि लक्ष्य निर्धारण गर्ने तयारी गरेको छ।

अबको बजेट र नीतिले प्रदेशको आर्थिक तथा विकास लक्ष्यमा कति प्रभाव पार्नेछ भन्नेमा आम चासो देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै