हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दीर्घकालीन योजना ल्याउन गाउँपालिकाका जनप्रतिनिधहरुलाई आग्रह गरेका छन् । शुक्रवार बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाका जनप्रतिधिहरुलाई सेवा प्रवाहका क्रममा कार्य सम्पादनमा परेका समस्या र कानुनी साक्षरता सम्बन्धमा अभिमुखीकरण एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।
-------------- बिज्ञापन ---------------
उनले धेरै योजनाहरुमा हात हाल्दा निर्माण कार्यहरु अधुरो रहने बताउँदै महत्वपुर्ण एउटा मात्रै योजना ल्याउन आग्रह गरे । ‘योजना ल्याउँदा महत्वपुर्ण र दीर्घकालीन योजना ल्याउनुहोस् । सबै योजनाहरुमा एकै पटक हात हाल्दा सबै निर्माणका काम अधुरा रहन्छ,’ मुख्यमन्त्री लामाले भने, ‘त्यसकारण एउटा योजना ल्याउनुहोस् तर , महत्वपुर्ण योजना ल्याउनुहोस् । ’
लामाले तीनै तहको सरकार मिलेर काम गरे मात्रै सफल हुने बताउँदै स्थानीय तहहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।