राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गर्दै लामिछानेमाथि राजनीतिक प्रतिशोध देखिएको भन्दै त्यसविरुद्ध बृहत् अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।
-------------- बिज्ञापन ---------------
बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै ूरवि लामिछानेमाथि नियोजित रुपमा राजनीतिक प्रतिशोध देखिएको छ, भन्दै न्यायका लागि ‘प्रतिशोधविरुद्ध बृहत् अभियान’ सञ्चालन गर्ने जानकारी दिनुभयो। अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरा तोकिएका छन्।
प्रवक्ता झाले राजनीतिक मुद्दालाई देश तथा विदेशमा रहेका आम नेपालीमाझ स्थापित गर्नेगरी अभियान सञ्चालन गरिने पनि बताउनुभयो।
रास्वपाको केन्द्रीय समितिले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने मागसमेत गरेको छ। दोषीमाथि कारबाही गर्न पार्टीले आफ्ना सांसदहरूलाई सदनमा प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ।
बैठकले पार्टीकी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठको पदत्याग र केन्द्रीय सदस्य अनिल केशरी शाहको केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ।