मनहरीमा आगलागी, एक दर्जनभन्दा बढी चौपायाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–२ भुन्द्रुङ स्याङ्बो टोलमा बुधबार दिउँसो भएको आगलागीबाट एक जना सामान्य घाइते भएका छन् भने एक दर्जनभन्दा बढी चौपाया जलेर मरेका छन्।

-------------- बिज्ञापन ---------------

स्थानीय सुरेन्द्र राईको घर नजिक रहेको गाईगोठ र भान्साबाट सुरु भएको आगलागीले गोठमा रहेका एक हल गोरु, सात वटा बाख्रा र १५ वटा कुखुरा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथै, आगलागीमा गोठसहित भान्सामा रहेका भाँडाकुँडा, दुई वटा ग्यास सिलिन्डरसमेत विस्फोट भई पूर्ण रूपमा नष्ट भएका छन्।

आगलागी निभाउने क्रममा स्थानीय मन कुमार स्याङ्बोको दाहिने छातीमा सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक तथा मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो सुरु भएको करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै