आइतवार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयद्वारा जारी सूचनामा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा भोटो जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको जनाइएको छ।
-------------- बिज्ञापन ---------------
नेपालमा मनाइने सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक, रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गतको भोटो देखाउने जात्रा यही आइतवार जावलाखेलमा आयोजना हुँदैछ। जात्राको पूर्वसन्ध्यामा रातो मच्छिन्द्रनाथको रथलाई हिजो लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ।
भोटो जात्रापछि देवतालाई खटमा राखेर पुर्ख्यौली नगर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिने कार्यक्रम छ। यससँगै यस वर्षको रथयात्रा सम्पन्न हुनेछ।