राप्रपा अध्यक्ष कमल थापा र सांसद दीपक सिंह पक्राउ

राप्रपा अध्यक्ष कमल थापा र सांसद दीपक सिंह पक्राउ

-------------- बिज्ञापन ---------------

हेटौंडा – गणतन्त्रविरोधी आन्दोलन चर्किदैँ जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र पार्टीका सांसद दीपक सिंहसहित सात जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादी धारको नेतृत्व गर्दै आएको राप्रपाले गणतन्त्र दिवस (जेठ १५) देखि सुरु गरेको आन्दोलनलाई ‘निर्णायक चरण’मा प्रवेश बताउदै आएका छन ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग राख्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका थापालाई भेट्न प्रहरी परिसर पुगेका राप्रपाका सांसद तथा पूर्वमन्त्री दीपक सिंहलाई समेत परिसरभित्रैबाट नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । सिंहलाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको जनाएको छ ।

शनिवार दिउँसो नक्सालस्थित नारायणचौरमा आयोजित विरोध कार्यक्रमका क्रममा आन्दोलनकारीलाई उक्साउने अभिव्यक्तिका आधारमा प्रहरीले शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा. राजिव झालाई पक्राउ गरेको थियो। हाल उनीहरूलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्यद्वारा भइरहेको व्यवहारलाई ‘आतंक’को संज्ञा दिएका छन्। “राप्रपा सांसद माननीय दीपक सिंहलाई कमल थापालाई भेट्न गएका बेलामा परिसरभित्रैबाट पक्राउ गरिएको छ। यो राज्यद्वारा गरिँदै आएको दमनको पराकाष्ठा हो,” शाहीले भने।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित