हेटौडा – गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२’ को कार्यान्वयन एक महिनाका लागि स्थगन गरेसँगै देशभर जारी सार्वजनिक यातायातको हड्ताल फिर्ता गरिएको छ।
-------------- बिज्ञापन ---------------
नेपाल सरकारको आग्रहमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने निर्णय गरेको हो। यससँगै सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन्।
नारायणी यातायात व्यवसायी कम्पनी हेटौंडाका अध्यक्ष तथा नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय सदस्य गोकर्ण पराजुलीका अनुसार आजबाट देशभर सार्वजनिक यातायात पुनः सुचारु भइसकेको छ। उनले जनजीवनमा परेको असरप्रति क्षमा माग्दै आन्दोलनमा साथ दिनेहरूप्रति आभार व्यक्त गरे।
यातायात व्यवसायी १८ गतेदेखि आन्दोलित थिए।