विपक्षी दलको लगातार अवरोधका कारण प्रतिनिधि सभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ। बैठक भोलि ९जेठ २३ गते० दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
-------------- बिज्ञापन ---------------
आज दिउँसो १ बजेका लागि तोकिएको बैठक दलहरूबीच सहमति नजुटेपछि दिउँसो ३:३० बजेसम्मका लागि सारिएको थियो। तर, बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
सभामुख घिमिरेले सांसदहरूलाई बस्न र सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी दलको अवरोध कायमै रहेपछि बैठक अगाडि बढ्न सकेन।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध गरिरहेका छन्।