अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
-------------- बिज्ञापन ---------------
२०६६ सालमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा र खरिद गर्न दिने सरकारको निर्णयमा संलग्न भएको आरोपमा मुद्दा दायर गरिएको हो। मुद्दा दर्ता भएसँगै माधव नेपालको सांसद पद स्वतः निलम्बन भएको छ।
अख्तियारले नेपालमाथि १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। मुद्दामा पूर्वमन्त्री, सचिव, सरकारी अधिकारी, पतञ्जलीका प्रतिनिधि तथा जग्गा किन्ने व्यक्तिहरू पनि संलग्न छन्।