सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय उल्लेख गरेको थियो ।
-------------- बिज्ञापन ---------------
स्वास्थ्य बीमा ऐन–२०७४ मा भएको व्यवस्था अनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारीसमेत थाल्नुभएको छ । उहाँले सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभाग, प्रदेश सरकारलगायतमा पहल थाल्ने निर्णय गर्नुभएको छ ।
यस्तै सबै पालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको छ । मन्त्रालयले सरकारी कर्मचारीका साथै सङ्गठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ ।