नेपालमा विद्युतीय उपकरण ट्रान्सर्फमर उत्पादन गर्दै आएको निकले चार्जिङ स्टेशन पनि संचालनमा ल्याएको छ । हेटौंडामा संचालनमा ल्याएकोे चार्जिङ स्टेशन नेपालको हाल सम्मकै फास्ट चाजिङ स्टेशन रहेको बताईको छ । चाजिङ स्टेशनको उद्घाटन बागमति प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले गरेका हुन । फास्ट चाजिङको उद्घाटन गर्दै लामाले बाताबरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको र यस प्रकारको चाजिङ् स्टेशन नेपालको विभिन्न स्थानमा पनि स्थापना गरिनुपर्ने बताउनु भयो ।
-------------- बिज्ञापन ---------------
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानको रुपमा रहेको हरीत गृह हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेशनले मद्दत पुग्ने बताईन् । धुवाँ, धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी शहरको वाताबरणलाई सफा राख्न थप मदत मिल्ने नगर प्रमुख लामाको भनाई थियो।
चाइनाको प्रतिष्ठित कम्पनी हुवाबेसँगै गाडी चार्जको सहकार्यमा निकले ४ सय किलोवाटको फास्ट चाजिङ स्टेशन सञ्चालनमा ल्याएको हो । न्युनतम इन्धन सवारीलाई पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने गरी सञ्चालनमा आएको स्टेशनबाट ५ देखी १५ मिनेट मा सवारी फुल चार्ज हुने गाडी चार्जि·का स्टेशन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिए। करिब ११ महिनाको लामो प्रयास पछि हरीत नगरी हेटौंडामा बातारवरण मैत्री चाजिङ स्टेशन सेवा सञ्चालनमा ल्याउन सकेको बताए । स्टेशनमा ५ वटा प्वाईट मार्फत सवारी चार्ज गर्न सकिने छ ।
कार्यक्रममा हुवाबे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, ब्रिटिश एम्बेसीका प्रतिनिधि रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल लगायतको आतिथ्यता रहेको थियो।