नेपालगन्ज जमुनाहामा एन्टिजेन किटको अभाव

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि भारत आउजाउ गर्ने मुख्य नाका नेपालगन्जस्थित जमुनाहामा एन्टिजेन किटको अभावका कारण कोरोना परीक्षण ठप्प भएको छ। भारततर्फ दैनिक हजारौँ नेपाली आवतजावत गर्दा परीक्षण रोकिएपछि संक्रमण फैलन सक्ने जोखिम बढेको स्वास्थ्य विज्ञहरू बताउँछन्।

-------------- बिज्ञापन ---------------

इलाका प्रहरी कार्यालयका अनुसार दैनिक ५–८ हजार नेपाली किनमेलका लागि, र ३–४ हजार कामको लागि भारत गइ फर्किरहेका छन्। महामारीको समयमा स्थापना गरिएको हेल्थ डेस्कमा अहिले कोरोना परीक्षण नहुनु गम्भीर चिन्ताको विषय बनेको छ।

हेल्थ डेस्क इन्चार्ज सुनिता मौर्या का अनुसार परीक्षण गर्न स्वास्थ्यकर्मी तयार भए पनि किट अभावले काम रोकिएको हो। उनले प्रदेश र संघ सरकारसमक्ष किटको माग गरिसकेको जानकारी दिइन्।

लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरी ले हाल किट नभएको स्वीकार्दै एक साताभित्र आपूर्ति गर्ने योजना रहेको बताए। नेपालगन्ज उपमहानगरका स्वास्थ्य प्रमुख रामबहादुर चन्द ले भारतमा संक्रमण दर बढिरहेकाले परीक्षण तत्काल सुरु गर्नुपर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै