सुदूरपश्चिम प्रदेशसभाका सदस्य र पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ। नेकपा ९एकीकृत समाजवादी० पार्टीका संसदीय दलका नेता सोडारीलाई प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बनको सूचना दिएका हुन्।
-------------- बिज्ञापन ---------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार, सोडारीमाथि आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर भएको हो। यस आधारमा सभामुख भण्डारीले सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।
सोडारीको निलम्बनसँगै, एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य संख्या तीन जना मात्र रहेको छ ।