द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिपमा सिएम पुरुषोत्तम सिलवालले रजत पदक जिते

नेपालका सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिपमा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन् । श्रीलङ्कामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौं वरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका हुन ।

-------------- बिज्ञापन ---------------

पुरुषोत्तमले सात मध्ये छ खेलमा जित निकालेका थिए । उनले बङ्गलादेशका २१४२ रेटेड आइएम मनून रेजानिरसँगको एक खेल गुमाए थिए। विश्व बुद्धिचाल महासङ्घ तथा एशियन चेस फेडरेसनको तत्वावधानमा श्रीलङ्का चेस फेडरेसनले जुन ४ देखि १२ तारिखसम्म आयोजना गरेको द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिप भएको हो ।

नेपाल बुद्धिचाल महासङ्घका अनुसार प्रतियोगितामा आयोजक राष्ट्र श्रीलङ्कासहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी नौ वटा देशका ५९ जना खेलाडीको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित