हेटौंडामा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशाला नजिकैको एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

-------------- बिज्ञापन ---------------

आज दिउँसो करीब १स्४५ बजे दामोदार चौलागाईको गाईगोठमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दामोदार चौलागाई, बिश्व स्याङ्तान, सुदिप पोख्रेल, प्रदिप ओझा र बहादुर थिङ रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले ७ बुक तास, नगद रु। ८१,३९० र गोटी सहितको काठको लुडो समेत बरामद गरेको छ। पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित