नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी सङ्घले आन्दोलनका कार्यक्रमहरू असार मसान्तसम्मका लागि स्थगित गरेका छन्।
-------------- बिज्ञापन ---------------
महासङ्घहरूले आज पत्रकार सम्मेलन गर्दै, हाल सञ्चालनमा रहेका आन्दोलनहरूलाई केही समयका लागि स्थगित गर्दै रचनात्मक कार्यक्रमहरूमा केन्द्रीत हुने जनाएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी महासङ्घका अध्यक्ष किसान सुनारले असार मसान्तसम्म पनि सरकारले व्यवसायीका मागहरू सम्बोधन नगरेमा, विभिन्न विषयगत समूहहरू मार्फत साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अगाडि बढाउने चेतावनी दिनुभयो।
महासङ्घले सरकारसँग सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहनासम्बन्धी नीति निर्देशिका यथाशीघ्र लागू गराउने विषयमा निर्णायक पहल गर्न माग गरेको छ।