नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउँदैछिन् । सञ्चारिका समूह मकवानपुरको आयोजनामा साउन १७ गते शनिबार बिहान ११ बजे हेटौंडामा विशेष कार्यक्रम ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ हुने भएको छ, उक्त कार्यक्रममा सहभागी हुनका लागि साम्बा हेटौंडा आउन लागेकी हुन् ।
-------------- बिज्ञापन ---------------
हेटौंडा–२ स्थित पल्पसा प्याराडाईज होममा आयोजना हुने कार्यक्रममा सहभागी भएर हेटौंडेली खेलप्रेमीहरुले साम्बालाई प्रत्यक्षरूपमा भेट्ने अवसर पाउने छन् ।
साम्बाले हासिल गरेको उपलब्धिका र प्रयास बुझ्न, उनका चुनौतीका पहाड जान्न र नजिकबाट साक्षात्कार गर्न विशेष कार्यक्रम तय गरिएको हो ।
साम्बाले नेपाली महिला फुटबललाई केवल दक्षिण एसियामै सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । उनको संघर्ष, सफलताको यात्रा, र सशक्त उपस्थितिले नेपाली खेलकुदमा प्रेरणादायी छाप छोडेको छ ।