मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज पदबाट राजीनामा दिएका हुन् ।

-------------- बिज्ञापन ---------------

उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।

उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए । यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाई थियो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।

संविधानमा आफुलाई मुख्यमन्त्रीमा अझै मुख्यमन्त्रीमा सुनिश्चित गरेपनि पार्टीभित्र बृहत छलफल पश्चात राजनीतिमा विधि पद्धति मुल्य मान्यता स्थापित गर्न उचित ठानेको भन्दै पार्टीका सभापति शेरबहादुर देउवाले मार्गप्रसस्त गर्न आग्रह गरेको भन्दै पार्टी सभापतिको आग्रहलाई स्वीकार गर्दै राजिनामा दिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित