नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सोमबार एक सय दिने सदस्यता विशेष अभियानको औपचारिक शुभारम्भ गरेको छ ।
-------------- बिज्ञापन ---------------
साउन १५ गतेदेखि सुरु भएको अभियानलाई हेटौंडामा आयोजित विशेष कार्यक्रममा प्रारम्भ गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा ९फ्यान० र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको हो ।
नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले प्रमुख आतिथ्य ग्रहण गरेका थिए ।
स्वागत मन्तव्य दिँदै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैं प्राथमिकतामा राख्दै आएको बताए । उनले भने, “यस अभियानले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास गरेका छौं ।”
कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिका समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङसहितको उपस्थिति रहेको थियो ।