हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आई.के.ओ युनियनका खेलाडी सुदर्शन खतिवडालाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट सफलता प्राप्त गरेबापत सम्मान गरिएको छ ।
मंगलवार जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित एक समारोहमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले खतिवडालाई नगत २५ हजार २५ रुपैयाँ सहित सम्मान गरिएको हो ।
-------------- बिज्ञापन ---------------
खतिवडाले मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आई.के.ओ युनियनले २६ जुलाई २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न अन्तराष्ट्रिय बुदो मार्शल आर्टस च्याम्पियनसीपमा ८५ के.जी. तौल समूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै फुलकन्ट्रयाक्ट कराते विधामा स्वर्ण पदक र किक बक्सिङ विधामा कास्य पदक प्राप्त गरेका थिए ।
खतिवडालाई सम्मान गर्दै प्रमुख लामाले खेल क्षेत्रको मात्रै नभई हेटौंडा उपमहानगरपालिकाकै नाम राख्न सफल भएकोमा बधाई दिईन् । उनले प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा हेटौंडा उपमहानगरपालिकासँग पनि समन्वय गर्न आग्रह गरिन् ।
प्रमुख लामाले आफु सँधै खेलाडीहरुको साथमा रहेको बताउँदै आगामी दिनहरुमा खेलाडीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
हेटौंडा – १८ निवासी खतिवडा मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आई.के.ओ युनियनका खेलाडी समेत हुन् । उनी आफ्नै निजी खर्चमा प्रतियोगितामा सहभागी हुन गएका थिए ।
मकवापनुर क्योकुशिन कराते संघका अध्यक्ष बुद्धी नाथ न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठ , पुर्व क्योकुशिन कराते खेलाडी एवम् जिल्ल खेलकुद विकास समितिका पुर्व अध्यक्ष सानु लामा , मकवानपुर क्योकुशिन करातेका प्रथम ब्ल्याक बेल्ट एवम् निर्माण व्यवसायी शिव नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।