हेटौंडा- नेपाल तरुण दलको मंसिरमा हुने पाँचौँ महाधिवेशनलाई सफल बनाउन मकवानपुर तरुणले विभिन्न निर्णय गरेको छ।
-------------- बिज्ञापन ---------------
तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङका अनुसार महाधिवेशन आगामी २०८२ मंसिर २६, २७ र २८ गतेसम्म हुने तय भएको छ।
यसै सन्दर्भमा बुधबार नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी भदौ २१ गते शनिबार नेपाली कांग्रेस र तरुण दलको संयुक्त बैठक आयोजना गर्ने र सो अवसरमा साधारण सदस्य नविकरण तथा नयाँ र पूर्णकालीन सदस्यता वितरण गर्ने निर्णय गरेको छ।
बैठकले साधारण, नयाँ र पूर्णकालीन सदस्यता शुल्क ५ सय रुपैयाँ तोकेको अध्यक्ष पाठकले जानकारी दिए।
त्यसैगरी, बैठकले नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ हालै बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकामा बधाई ज्ञापन गर्ने निर्णय पनि गरेको छ।