“अब जुट्ने बेला हो – हामी सबै आ–आफ्नो क्षेत्रमा सहयोग र सहकार्य गर्दै अगाडि बढौं” भन्ने मूल नारासहित शिवम् सिमेन्टले हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा विशेष सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ।
-------------- बिज्ञापन ---------------
बिहानैदेखि सुरु भएको कार्यक्रममा कम्पनीका उच्च अधिकारी, कर्मचारी, स्थानीयवासी तथा स्वयंसेवकहरूको उल्लेख्य सहभागिता थियो।
अभियानमार्फत प्रशासन कार्यालय वरपरको परिसर, बाटो, बगैँचा र सार्वजनिक शौचालयसम्म सफा गरिएको थियो।
शिवम् सिमेन्टका प्रतिनिधिहरूका अनुसार सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजित यस अभियानले सरकारी कार्यालयलाई सफा बनाउन मात्र नभई नागरिकमा सरसफाईप्रति सचेतना र सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको बताएको छ।
यस किसिमका अभियान काठमाडौं मात्र नभएर शिवम् उद्योग रहेको हेटौंडामा पनि यस्ता श्रमदान र सरसफाई अभियान सञ्चालन भएमा थप प्रभावकारी हुने स्थानीयवासीको धारणा छ।
शिवम् सिमेन्टले आगामी दिनमा काठमाडौंसँगै अरू जिल्लामा समेत निरन्तर सरसफाई अभियान चलाउने जनाएको छ ।