आज दशैँको महाअष्टमी, घरघरमा देवीको पूजाआजा गरी खसी, बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायाको बलि दिइने गरिन्छ। बलिपछि मासु पकाएर खाने परम्परा परम्परागत रूपमा प्रचलित भए पनि चिकित्सकहरूले यसमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
-------------- बिज्ञापन ---------------
मासु आफैँमा खराब हैन, तर पकाउने तरिका र खाने बानीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। दशैँको समयमा अत्यधिक मासु, मिठाइ तथा चिल्लो परिकारको सेवनले उच्च रक्तचाप, मुटु रोग, मधुमेह, पेटका समस्या, झाडाबान्ता, कब्जियत, युरिक एसिडको वृद्धि तथा ग्यास्ट्रिक जस्ता समस्या बढ्ने गरेको छ।
मासु पोल्ने वा तार्ने विधिले शरीरमा बढी असर गर्छ, त्यसैले सन्तुलित र कम मसला प्रयोग गरेर पकाउने उपयुक्त हुन्छ। साथै मासु खाएपछि प्रशस्त मात्रामा सागसब्जी, गेडागुडी र फलफूलको सेवन गर्नुराम्रो हुन्छ ।
दशैँको चाडपर्वमा खानपानमा सन्तुलन राख्न, एकपटक खाइसकेपछि कम्तीमा चार घण्टाको अन्तरालमा मात्र अर्को खाने कुरा खान चिकित्सकहरूले सुझाव दिएका छन्।