नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
-------------- बिज्ञापन ---------------
शीतल निवासमा आयोजित विशेष समारोहमा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा शपथ लिएका हुन् ।
शपथग्रहण समारोहमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उच्च अधिकारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।