सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
-------------- बिज्ञापन ---------------
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो।
त्यसैगरी, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति पौडेलले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलप्मेन्ट’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यो भ्रमण कात्तिक १७ देखि २० गतेसम्म हुने छ।