कैलाशमा आमा सुरक्षाका लागि पर्खनेघर (वोइटिङ कक्ष) सञ्चालनमा

मकवानपुरको कैलाश गाउँपालिकाले पहिलो पटक आमा सुरक्षाका लागि पर्खनेघर( वाेईटिङ् कक्ष)  सञ्चालनमा ल्याइएको छ । जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा  वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर सञ्चालनमा ल्याइएको हाे । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घर उद्घाटन गरेका छन् ।

-------------- बिज्ञापन ---------------

गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरुको लागि थप सुरक्षा होस् भन्ने हेतुले खाना बस्नको सुविधा सहित घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए।

वाेईटिङ् कक्ष सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै अब सुत्केरी व्यथा लाग्नु अघि नै एक दुई दिन अघि देखी स्वास्थ्य सुरक्षाको लागि वोइटिङ कक्षमा आउन आग्रह गरे । गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शुन्यतामा ल्याउन गाउँपालिका अग्रसर रहिरहेको उनले बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँहरुमा भौगोलिक विकटता रहेको स्थानहरुमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए । प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आवको वार्षिक कार्यक्रममा हामीले यस घर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए । टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्य चौकीमा एक कोठे घर निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य संस्थामै सुत्केरी गराउँन सके आमा र बच्चाको स्वास्थ्य अवस्था जाँच गरि थाहा पाउन सकिने भएकाले स्वास्थ्य चौकीमै सुत्केरी गराउँन उनले अनुरोध समेत गरे । घर निर्माणले सेवा प्रवाहमा थप टेवा पुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । हामीले यसअघि पनि खाना खुवाउने र राख्ने गरेका थियौं, घर निर्माण सहज बन्ने छ, उनले भने ।

वडाध्यक्ष भोलनकै अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै