एक सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा

आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको छ । बैंकले आज एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

-------------- बिज्ञापन ---------------

नयाँ नोटमा यसअघिकै जस्तो ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

यस्तै, नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र छ । साथै, दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र ‘सिल्भर मेटालिक’मा मायादेवीको चित्र रहेको छ ।

नोटको सुरक्षाका लागि २ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै