[t4b-ticker]

हेटौँडा–१० मा नृत्य प्रतियोगितासहित तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला हुने

हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता आउँदो १६ र १७ गते दुई दिन सञ्चालन हुने भएको छ। हेटौँडाका १९ वटै वडाको सहभागितामा हुने मेलामा घरेलु उत्पादनको प्रदर्शनी, कृषि सामग्री, स्थानीय पर्यटन तथा खानाका स्टल, सांगीतिक प्रस्तुति र नृत्य प्रतियोगिता समावेश रहनेछ।

-------------- बिज्ञापन ---------------

वडाध्यक्ष फूर्वा दोर्जे तामाङका अनुसार साना तथा लघु उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। मेलामा १ सय निःशुल्क स्टल रहनेछन् र सहभागी व्यवसायीका लागि यातायातको व्यवस्था गरिनेछ।

नृत्य प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँसहित सम्मान गरिनेछ भने सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ। उत्कृष्ट विद्यार्थी, राष्ट्रिय खेलाडी, अटोमेकानिक मिस्त्री तथा उद्यमीहरूलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।

करिब ८ लाख रुपैयाँ लागत अनुमान गरिएको मेलाका लागि मूल समिति र ६ उपसमिति गठन गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु