[t4b-ticker]

‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ ले निर्माणको सुरुआती चरणमै चर्चा पाउन थालेको छ। सरस्वती पूजाको शुभ अवसर पारेर निर्माणपक्षले चलचित्रका मुख्य दुई कलाकारको औपचारिक अनुबन्ध गरेको छ। चलचित्रमा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा अनुबन्ध भएका छन्। यी दुई कलाकारको यो सहकार्य ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग दोस्रो पटक हुन लागेको हो। यसअघि उनीहरूले निर्देशक पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेका थिए।

-------------- बिज्ञापन ---------------

‘पूर्णबहादुरको सारङ्गी’ नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको थियो। चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको थियो। यस सफलतासँगै निर्देशक सरोज पौडेल नेपाली चलचित्र उद्योगमा ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित भएका थिए।

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत एक सामान्य गन्धर्व परिवारको कथा, बुबा–छोराबीचको भावनात्मक सम्बन्ध र शिक्षाका लागि गरिने संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेका थिए। दर्शकको गहिरो भावनात्मक जोड र व्यापक प्रशंसाले चलचित्रलाई ऐतिहासिक सफलता दिलाएको थियो।

उक्त चलचित्र विजय बरालको अभिनय करियरको ‘टर्निङ पोइन्ट’ सावित भएको थियो। उनले ‘पूर्णबहादुर’को केन्द्रीय भूमिका निर्वाह गरेका थिए भने अञ्जना बराइलीले उनकी श्रीमतीको भूमिका निभाएकी थिइन्। सोही सफल ‘लक्की टिम’लाई लिएर निर्देशक पौडेलले ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेपछि दर्शकमाझ पुनः एकपटक जादु दोहोरिने अपेक्षा गरिएको छ।

अन्य कलाकारहरू चरणबद्ध रूपमा अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले जानकारी दिएका छन्। “सिन्दुरे जात्रामा कथा र चरित्र सुहाउँदा कलाकारहरू क्रमशः अनुबन्ध गर्दै जानेछौँ,” उनले भने, “छिट्टै सम्पूर्ण कलाकार फाइनल गरेर बाँकी निर्माण प्रक्रिया अघि बढाउनेछौँ।”

चलचित्रको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै उनले कलाकार छनोटमा विशेष ध्यान दिइएको बताए। “विजय र अञ्जना अहिलेका लोकप्रिय कलाकार भएकाले मात्र हामीले उहाँहरूलाई लिएका होइनौँ,” निर्देशक पौडेलले स्पष्ट पारे, “कथाले नै उहाँहरूलाई मागेकाले अनुबन्ध गरिएको हो।”

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथावस्तु निर्देशक पौडेल स्वयंको रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहनेछ।

चलचित्रको छायांकन तथा प्रदर्शन मितिबारे निर्माणपक्षले हालसम्म कुनै औपचारिक जानकारी दिएको छैन। तर, ५० करोड क्लबमा सामेल टिम फेरि एकसाथ आउँदै गर्दा चलचित्र क्षेत्र र दर्शकमाझ ‘सिन्दुरे जात्रा’ लाई लिएर अहिले नै ठूलो उत्साह र अपेक्षा सिर्जना भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु