[t4b-ticker]

बागमती प्रदेशबाट राष्ट्रिय सभामा गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल निर्वाचित

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट दुई जना उम्मेदवार निर्वाचित भएका छन्। महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरतर्फ डा. प्रेमप्रसाद दंगाल विजयी भएका हुन्।

-------------- बिज्ञापन ---------------

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन्।

महिला क्लस्टरतर्फ देवकोटाले ६ हजार २३९ मत प्राप्त गर्दै जित हात पारिन्। उनले प्रदेशसभा सदस्यतर्फ ६० मत र स्थानीय तहतर्फ १६१ मत पाएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मत प्राप्त गरिन्। सोही क्लस्टरतर्फ नेमकिपाकी कविता महर्जनले १९७ मत ल्याइन्।

अन्य क्लस्टरतर्फ उम्मेदवार बनेका डा. प्रेमप्रसाद दंगालले ६ हजार २०५ मत प्राप्त गरी निर्वाचित भए। उनले प्रदेशसभा सदस्यतर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए भने नेमकिपाका विक्रम ढुकुछुले १९७ मत ल्याए।

निर्वाचन आयोगका अनुसार प्रदेशसभा तर्फका कुल ८९ मतमध्ये ८८ मत सदर भएका थिए भने स्थानीय तहतर्फका २२९ मतमध्ये २२६ मत सदर र ३ मत बदर भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु