[t4b-ticker]

संसद् पुनःस्थापनाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद सर्वोच्च जाँदै

नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूसहित आफूहरू अदालत जान लागेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए। ‘अदालतमा धेरै रिट परेका छन् तर अहिलेसम्म कुनै पेसी तोकेको छैन। त्यसैले हामी ध्यानाकर्षण गराउनको लागि अदालत जान लागेका हौँ। चुनावअघि नै फैसला हुनुपर्छ भन्ने हाम्रो माग रहन्छ।’

-------------- बिज्ञापन ---------------

उनले थपे, ‘हामीले काठमाडौंमा उपलब्ध साथीहरूलाई भनेका छौँ, कोही चुनावी अभियान लिएर जिल्ला जानुभएको छ। हामी जे फैसला आएपनि मान्छौँ तर अदालतले चुनावअघि नै फैसला गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

उनले आफूहरूले एमालेसँग पनि सँगै जानेबारे छलफल गरेको भए पनि जाने नजाने भन्ने जवाफ पाइनसकेको बताए। जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। संसद् विघटनपछि फागुन २१ गते निर्वाचन हुँदै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु