[t4b-ticker]

अबको शिक्षा मानवता र नैतिक मूल्यमा आधारित हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

“बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा केवल प्राविधिक सीपमा सीमित नभई मानवता, नैतिकता र मानवीय मूल्यमा आधारित हुनुपर्ने बताएका छन्।
हेटौंडाको ज्ञानदिप शिक्षा निकेतन माध्यमिक विद्यालयको रजत महोत्सव शुभारम्भ समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले प्रविधिमैत्री शिक्षासँगै चरित्र निर्माणमा जोड दिने शिक्षा प्रणाली आजको आवश्यकता भएको उल्लेख गरे।

-------------- बिज्ञापन ---------------

मुख्यमन्त्री बानियाँले आजभन्दा करिब २५ वर्षअघि अंग्रेजी माध्यमबाट शिक्षा सुरु गरेको ज्ञानदिप शिक्षा निकेतनले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शिक्षामा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले अहिलेको युग सूचना प्रविधिको युग भएकाले शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको सदुपयोग अनिवार्य भएको भन्दै विद्यालय तहदेखि नै आधुनिक प्रविधिसँग विद्यार्थीलाई अभ्यस्त गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरू तथा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल, वडा नम्बर–५ का वडा अध्यक्ष सुशील घिमिरे, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख बद्रीबहादुर पाठकलगायतको उपस्थिति रहेको थियो।

विद्यालयको रजत महोत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु