कपडा तथा तयारी पोशाक व्यवसाय सङ्घले हेटौंडा उपमहानगरपालिका–१८ स्थित वैदिक सांस्कृतिक गुरुकुलम्मा अध्ययनरत संस्कृत विद्यार्थी (बटुक) तथा शिक्षकलाई न्यानो कपडा वितरण गरेको छ ।
-------------- बिज्ञापन ---------------
शनिबार आयोजित कार्यक्रममा संस्कृत विद्या अध्ययन गरिरहेका बटुकहरू र शिक्षकहरू गरी १९ जनालाई न्यानो कपडा वितरण गरिएको हो ।
जाडोमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले कपडा सहयोग गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा कपडा तथा तयारी पोशाक व्यवसाय सङ्घका पूर्व अध्यक्ष समिरलाल डंगोल, महासचिव सन्तोष घिमिरे, सहकोषाध्यक्ष विष्णुलाल श्रेष्ठ, हेटौंडा–६ का वडा सदस्य विजय पौडेल, वैदिक सांस्कृतिक गुरुकुलमका सल्लाहकार हर्क रम्तेल लगायतको उपस्थिति रहेको थियो