[t4b-ticker]

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

फागुन २१ को निर्वाचन नजिकिदै गर्दा यतिबेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व चर्किएको छ। उम्मेदवार चयनको विषय साम्य नहुँदा पार्टी नेतृत्वले नेताहरूलाई कारबाही प्रक्रिया सुरु गरेपछि आन्तरिक द्वन्द्व चर्र्किएको हो। तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता हुँदा पार्टीको जिम्मेवारी हेरफेर, कार्यविभाजन तथा उम्मेदवारी चयनमा उत्पन्न विवाद साम्य नहुँदा द्वन्द्व बढ्दै गएको हो।

-------------- बिज्ञापन ---------------

सिन्धुलीको विवादले देशभरि नै पार्टीमा संकट निम्त्याएको मात्र छैन, कार्यकर्ताहरूमा चरम निराशासमेत जन्माएको छ। निर्वाचनको सम्मुखमा नेकपाले एकै पटक सात जनालाई निष्कासन गर्दा विपक्षीहरूलाई फाइदा पुग्ने आकलन गरिएको छ। सिन्धुलीका नेता हरिबोल गजुरेललाई नेकपाले कारबाही गरेको छ। पार्टीले कारबाहीको सूचना जारी गरेपछि उनले सबैभन्दा पहिला पार्टी संयोजक पुष्पकमल दाहालमाथि नै कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका थिए। गजुरेलले पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति संयोजक दाहाल भएका जिकिर गर्दै उनीमाथि नै कारबाही हुनुपर्ने बताएका थिए।

पार्टीको आधिकारिक लाइनविपरीत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको र प्रस्ताव तथा समर्थक बसेको भन्दै नेकपाले गत साता गजुरेलसहित सात नेतालाई निष्कासनको घोषणा गरेको थियो। सिन्धुली जिल्ला पार्टीको सिफारिस र निर्णयलाई लत्याएर दाहालले मनोमानी, अहंकारवादी र व्यक्तिवादी ढंगले उम्मेदवारको निर्णय गरेको दाबी गजुरेलको थियो। नेकपाभित्र प्रभावशाली मानिएका पूर्वमन्त्री गजुरेलसहित सात जनालाई पार्टीबाट निष्कासन गर्दा सिन्धुलीमा पार्टीलाई घाटा पर्ने अवस्था आएको बताइएको छ। नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जिवछ साह (सिरहा) लाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु