हेटाैँडामा बृहत् शैक्षिक खेलकुद र्याली
प्राथमिकता: खेलकुद र शिक्षामा
-------------- बिज्ञापन ---------------
हेटाैँडा- हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे आयाेजनामा बृहत् खेलकुद र्याली आयाेजना गरिएकाे छ । वडा कार्यालयकाे आयाेजना र शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा भएकाे तेस्राे वडा स्तरीय खेलकुद महाेत्सवकाे अवसरमा र्यालीकाे आयाेजना गरिएकाे हाे ।
र्यालीकाे उद्घाटन गर्दै संविधानसभाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अनन्त पाैडेलले ४ नं. वडा कार्यालयले भाैतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकाेमा खुसी व्यक्त गर्नुभयाे । यस्ताे कार्यक्रमले विध्यार्थीकाे शारिरीक र मानसिक रूपमा विकास गर्न सघाउ पुर्याउने पुर्याउने बताउँदै उत्कृष्ट खेलाडि उत्पादनमा सघाउ पुर्याउने बताउनु भयाे ।
कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं. वडाकाे प्राथमिकता रहेकाे बताउँदै शिक्षा र खेलकुदलाईसंगै लैजान पर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष राजकुमार माेक्तान, टाेल विकास संस्था नगर समन्वय समितिकाे महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माविका प्रअ सुर्यप्रसाद घिमीरेलगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, टाेल विका संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँलगायतकाे आथित्यता रहेकाे थियाे ।