[t4b-ticker]

मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं साधारण सभा चैत्र २१ मा, प्रदेशस्तरीय कृषि प्रदर्शनी पनि हुँदै

मकवानपुर उधोग वाणिज्य संघको ५९ औं साधारण सभा चैत्र २१ गते शनिबार हुने भएको छ । फागुन १५ गते बसेको कार्यसमिती बैठकले चैत्र २१ गते शनिबार पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बताउनुभयो ।

-------------- बिज्ञापन ---------------

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियांको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन हुने संघले जनाएको छ । बिशिष्ठ अतिथि संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ रहने बताईएको छ ।

साधारण सभामा बिधान संसोधन प्रस्ताब लैजाने तयारी गरिएको महासचिब प्रतिमा श्रेष्ठले बताउनुभयो । मकवानपुर उधोग वाणिज्य संघ कृषि प्रबर्धन समितिको आयोजनामा बागमती प्रदेश स्तरीय कृषि प्रर्दशनी २०८२ हुने भएको छ ।

प्रर्दशनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषि परिकार, रैथानी बाली सहित कृषि औजार, उपकरण र प्रबिघीहरु प्रदर्शनीमा राखिने समिती संयोजक निलम पाण्डेले बताउनुभयो ।

चैत्र १३ गतेदेखि १६ गतेसम्म पल्पसा हलमा प्रदर्शनी आयोजना हुने बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु