सांसदको शपथको दिन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा के हुन्छ भन्ने जिज्ञासा सर्वत्र छ ।
-------------- बिज्ञापन ---------------
लामिछानेविरूद्व रहेको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्वीकरणको मुद्दा विचाराधीन छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध मुद्दा परेकोमा हेर्दाहेर्दैमा रहेको छ ।
आज पनि सुनुवाई भएकोमा नसकिएपछि शपथकै दिनका लागि अर्को पेशी तोकिएको हो । संसद सचिवालयले भने लामिछानेको शपथ हुने बताएको छ ।
सर्वोच्चको फैसला नआएपनि लामिछानेलाई शपथ खुवाउने तयारीमा संसद सचिवालय लागेको छ ।