आज प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ हुँदैछ । दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भएको छ ।
-------------- बिज्ञापन ---------------
सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा रहेको नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।