हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से १०५ दशमलव ५० अङ्कले घटेर २ हजार ६७६ दशमलव ६८ विन्दुमा झरेको छ ।
-------------- बिज्ञापन ---------------
योसँगै नयाँ सरकार गठन भएयता नेप्से चार कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेकाे छ । समग्रमा नयाँ सरकार गठन भएयता नेप्से २७३ अङ्कले घटेको छ ।
आज सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक ६ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक र जलविद्युत् समूहको सूचक ४ प्रतिशत तथा बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, बीमा, माइक्रोफाइनान्स, व्यापार समूहको सूचक ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २६१ वटा समूहको शेयर घटेकोमा ७ वटाको बढेको छ ।