सहकारीमा ७० प्रतिशत महिला सहभागिता देख्दा अत्यन्त खुसी लाग्योः मन्त्री पौडेल

हेटौंडा । श्री सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उत्पादित सामग्रीहरूको बृहत उत्पादन प्रदर्शनी तथा विशेष छुटसहितको व्यापार मेला र संस्थाको १९औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। हिजो र आज गरी दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम सहकारीका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन समारोहमा सहकारी तथा गरिबी निवारण मन्त्रालयकी […]
कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका–स्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ। बुधबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रदर्शनीमा गाउँपालिकाका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। वडा नं। ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख आतिथ्यतामा रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विद्यार्थीहरूको सिर्जनात्मक सिकाइ बढाउन […]
सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ एकैदिन एक सय ५० रुपैयाँले बढेको छ […]
एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत एलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम […]
सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने

हेटौंडा । श्री सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा आगामी मंसिर २६ र २७ गते आयोजना गर्ने भएको छ। हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित शुभम् पार्टी प्यालेसमा आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाका अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिनुभयो। अध्यक्ष बस्नेतका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाबाट हुने […]
प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच छलफल

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच छलफल भएको छ । प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंसहिको समूह वार्ताका लागि आज सिंहदरबार पुगेको हो । भेटमा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिनुभएको छ । प्रसाईंले विभिन्न माग राखेर आन्दोलन गर्ने धम्की दिइरहेकाले सरकारले संवादमार्फत मागहरूका विषयमा हल […]
कस्मेटिक’ गोदाममा आगलागी

नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ। अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा आज बेलुका आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताए। आगलागी कारण भने अनुसन्धान भइरहेको उनले जानकारी दिए।
२५ गज पीडित घरधनी जिल्ला प्रशासन कार्यालय घेराउ

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका दुई राजमार्ग क्षेत्रमा भत्काइएका घर पुनर्निर्माणको माग गर्दै पीडित घरधनी र व्यवसायीहरूले आज दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गरेका छन्। अदालतले मंसिर १९ मा सडक विस्तार रोक्न आदेश दिए पनि मंसिर २० गते बिहानैदेखि घर भत्काइएपछि पीडितहरूले विरोध जनाएका हुन्। सडक डिभिजन कार्यालयले भने उक्त उत्प्रेषण आदेश मंसिर २१ गते मात्र […]
सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा

सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ । गएको भदौ २४ गतेको क्षतिपछि थोरै मात्रै मुद्दाको पेशी तोकेर सुनुवाइ हुँदै आएकोमा आजदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने सर्वोच्च अदालतले हिजो एक सूचना निकाल्दै जनाएको छ । जेनजी आन्दोलनपछि भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो […]
पूर्वराष्ट्रपति भण्डारीले घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गले चुनाव गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गर्नुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । सञ्चारमन्त्री खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र […]